युनिभर्सल संवादाता काठमाडौँ – गौरा पर्वको अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रमा राजनैतिक दलको नेताहरुको सम्बोधनका क्रममा नाराबाजीमा संगलन भएको भनेर ३ युवाहरुलाई प्रहरीले पक्राउ गरेको र मुद्दा चालाएको विरुद्धमा नेपाल मानव अधिकार संगठनले अभिव्यक्तिको स्वतन्त्रता सुनिश्ति गर्न अपिल गरेको छ ।
अपिलमा संगठनले अफ्नो हक अधिकारहरुको लागि अवाज उठाउन पाउनु पर्ने जिकिर समेत गरेको छ । मौलिक हक तथा नेपाल पक्षमा भएका सन्धि र महासन्धिहरुको पालना गर्न गराउन सरकारको जिम्मेवार रहेको उल्लेख गरेको छ । गौरा पर्वको अवसरमा सुदुर पश्चिमका युवहरुले आक्रोश व्यक्त गरेका थिए । आक्रोश पछि टुँडिखेलमा स्तिथी तनावग्रथ भएको थियो । प्रहरीले सामाजिक संजाल मा विरोध गर्ने युवाहरुको पहिचान गरी पक्राउ गर्ने आदेश दिएपछि नेपाल मानव अधिकार संगठनले यसको विरोध गरेको हो ।













